युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

प्रदेश संसदकोषबाट १० लाख सहयोग गर्छुः सांसद श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २४ गते, बुधबार १२:०७

प्रदीप ढकाल ,भक्तपुर
आश्विन २४, बुधबार ।

बाग्मति प्रदेशका सांसद सकुन्तला श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि प्रदेश सांसदकोषबाट रु १० लाख बढी बजेट विनियोजन गर्ने घोषणा गरेकी छन । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भएको महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागि भएकी सांसद श्रेष्ठले उक्त कुराको घोषणा गरेकि हुन ।

“छोरीको घर जेष्ठ नागरिक आश्रम यो हामि सबैको लागि हो ।” सांसद श्रेष्ठले भनिन– “यस्तो पुयण्को कार्य वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले सुरु गर्नुभएको छ । यो काम हाम्रो हो हाम्ले सुरु नगरेतापनि अबको भवन निर्माणको लागि १० लाख बढी बजेट विनियोजन गरेर सहयोग गर्ने छु ।”
त्यस्तै सन्तान छैनन भनेर अब कुनै आमाबाबु वेवारिसे हुन नपर्ने पनि उनको भनाई रहेको थियो ।

गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु