सेन्ट जर्ज स्कुलका विद्यार्थी संसद भवनमा “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २५ गते, बिहीबार १९:०३

असोज २५, सेन्ट जर्ज स्कुलको वार्षिक कार्य तालिका अनुसार कक्षा दशका विद्यार्थीहरुलाई ब्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा प्रत्यक्ष सहभागी गराइएको छ । सामाजिक अध्ययन विषयमा समाबेश भएको राज्यको तीन अंग मध्ये ब्यवस्थापिका बैठकको प्रत्यक्ष अवलोकन गर्न पाउँदा विद्यार्थीहरु अत्यन्तै उत्साही हुँदै उनीहरुले कक्षाकोठामा पढेका सैद्धान्तिक ज्ञानलाई ब्यबहारिक रूपमा अनुभव गर्न पाएकोमा विद्यालय प्रति विद्यार्थीहरु अनुग्रहित भए ।

हाम्रो विद्यालयमा हामीले विद्यार्थीहरुलाई यो र यस्ता खालका धेरै कार्यक्रम बनाई विद्यार्थीहरुलाई हरेक कुरामा प्रत्येक्ष सहभागी गराउने गरेको कुरा विद्यालयका प्रअ मेघराज बजगाईले बताए । अहिलेको २१ औं शताब्दीमा घोकन्ते बिद्याले मात्र नहुने र अब हरेक कुरा बालबालिकाले प्रत्येक्ष अनुभव गर्न पाउँदा मात्र त्यसमा सत प्रतिशत नतिजा प्राप्त हुन सक्ने कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

सेन्ट जर्ज स्कुल अरुभन्दा अलि फरक र विद्यार्थीहरुलाई नयाँ नयाँ अनुभव दिलाउने विद्यालयमा पर्दछ । गत साल आफ्ना
विद्यार्थीहरुलाई नेपाल टेलिभिजन र रेडियोको स्टुडियोमा लगि प्रत्येक्ष अबलोकन गराइएको थियो । बेला बेला विद्यालयमा अनुभवी र प्रतिष्ठित ब्यक्ति विशेषलाई ल्याई विद्यार्थी माझ उनीहरुले जिवनमा भोगेका कुराहरु साटासाट गर्ने अवसर प्रदान गर्ने गरेको छ । यसले बालबालिकामा नयाँ खालको उत्साह र उर्जा प्रदान गर्ने गरेको छ । अब हामीले बालबालिकालाई फरक तरिकाले अध्ययन अध्यापन गराउनु पर्छ । यसमा विद्यालय र शिक्षासँग सरोकार राख्ने सबैले विशेष ध्यान दिन आवश्यक छ । जबसम्म शिक्षाको विकास हुँदैन तबसम्म कहिल्यै पनि देशको विकास हुन सक्दैन । त्यसैले देशको चिन्ता गर्ने हरेक नागरिकले अब शिक्षाको चिन्ता गरेर हरेक बालबालिका स्वदेशमै बसेर केहि गर्न सक्ने वातावरण सृजना गर्नतिर लागौं । यसैमा हामी सबैको हित हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु