प्रदीप ढकाल ,भक्तपुर आश्विन २५, विहिबार ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा बन्ने भनिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले गर्ने सहयोगमा पूर्णबिराम नलाग्ने बाग्मति प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले बताएकी छन ।
बुधबार ताथलीमा सञ्चालन भइरहेको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएकी सांसद प्रजापतिले उक्त कुरा बताएकी हुन ।
“प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।” सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन । सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।”
गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।