काठमाडौं । माओवादी बिशेष रूपान्तरण सहित तिन महिने अभियान कार्यक्रम अन्तर्गत आज नेकपा माओवादी केन्द्र , काठमाडौ महानगर पालिका वडा न ,२६ ले नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् बागमती प्रदेश इन्चार्ज, पूर्व गृह, उर्जा र अर्थ मन्त्री जनार्दनशर्माको प्रमुख आतिथ्यमा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्नगरेको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य समन्वय प्रदेश अध्यक्ष तथा रूपान्तरण सहितको अभियान इन्चार्ज श्रीकृष्ण अधिकारी (विवेक) केन्द्र सदस्य रबिन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो ।
सो अवसरमा २६ न वडा भित्र विभिन्न सामाजिक टोल सुधार समिती अध्यक्षहरू, आमा समूह, कलाकार, चिकित्सक, खेलाडीलाई र कृयसिल व्यक्तित्वहरुलाई सम्मान गरियो । कार्यक्रममा सामाजिक सेवामा सकृय वडा भित्रका करिब २० जना भन्दा बढीलाई प्रमुख अतिथी जनार्दन शर्माले सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि शर्माले वडामा गर्नुपर्ने सामाजिक विकास निर्माणमा माओबादीले सबै प्रकारका सहयोग गर्ने र २६ न वडालाई नया रूपान्तरण सहित विकासको नयाँ योजनासहित नविन ढङ्गबाट अघि बढन आग्रह गर्नुभयो ।
उपमहासचिव शर्माले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अझ सशक्त पार्ने र देशलाई भ्रष्टाचारमुक्त बनाउन माओबादी पार्टी र सरकार निरन्तर लाग्ने बताउनुभयो । उहाँले भ्रष्टाचार गर्ने र देशलाई बर्बाद बनाउनेहरूलाई कुनै हालतमा नछोडिने जिकिर समेत गर्नुभयो । कार्यक्रममा करिब चार सय जनाको उपस्थिती रहेको माओवादी नेता धिरज उपरकोटीले जानकारी दिनुभयो ।