काठमाण्डौ। नेपाली कांग्रेस तिङ्ला काठमाण्डौ सम्पर्क समितिको अगुवाइमा भएको ३ दिने घुम्ती सेवा नेपाली कांग्रेस तिङ्ला काठमाण्डौ सम्पर्क समितिको अगुवाइमा भएको ३ दिने घुम्ती सेवा शुक्रबार सम्पन्न सम्पन्न भएको छ । वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु राजधानीबाटै दिनेगरि संचालित घुम्ति सेवाबाट ८३ जनाले सेवा लिएका छन ।कोटेश्वर भाटभटिनीसँगै रहेको ड्रीम हाउस इन्जिनियरिङ कन्स्लटेन्सीको कार्यालयबाट सेवा प्रवाह गरिएको थियो। काठमाडौँमा रहेका वडाबासीहरुलाई सहज तुल्याउन काठमाण्डौ सम्पर्क समितिको पहलमा स्थानिय जनप्रतिनिधि सहित घुम्ती सेवा संचालन गरिएको समितिका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभएको छ ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने सेवालाई वर्षमा २ पटक काठमाण्डौमा पनि प्रदान गर्ने लक्ष्य सहित सम्पर्क समितिले वडा प्रतिनिधिहरुसगँ सहकार्य गरि सेवा प्रवाह गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
उक्त घुम्ति सेवामा घटना दर्ता सम्बन्धी कामहरु गरिएको छ । घुम्ति सेवामा जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइँका, विभिन्न खालका सिफारिसहरु गरी जम्मा ८३ जनालाई सेवा प्रदान गरिएको वडा अध्यक्ष टंक कार्कीले जानकारी दिनुभयो । वडाले आवश्यक्ता बमोजिम यस्तै सेवाहरूलाई निरन्तरता दिने पनि उहाँको भनाई छ ।