सीतल आचार्य – नयाँ दिल्ली
काठमाडौं ।भारतको नयाँ दिल्लीमा आयोजना भएको एसिया ब्रान्ड अवार्डले एसियाको बिभिन्न देशबाट बिभिन्न पेशागत ब्याक्तित्वहरुको माज आरसी कोइराला “रामचन्द्र” लाई “अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्” बाट सम्मान गरेको छ। कोइरालाको साथै एसियाको विभिन्न देशबाट उपस्थित हुनुभएका ३० भन्दा बढी ब्याक्तित्व हरुले अवार्ड प्रप्त गरेको अवार्डको आजना ब्रान्ड काउन्सिल राटिङले आयोजना गरेको थियो भने ईन्डिया न्युज र जिओन्युज प्रबर्दक रहेका थिए। ३० बर्ष भन्दा बढी नेपाली कला संस्कृतिको साथै विस्वको कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै आउनु भएका कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थपक अध्यक्षका साथै बिभिन्न “अन्तर्राष्ट्रिय संघ सस्ठाहरुमा उच्छ पदमा रहु काम गर्दै आउनु भएको छ।
कोइरालाले विश्वको कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दन गर्न खेल्नु भएको भूमिकाको आधारमा “अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्” २०२३ बाट सम्मनित हुनुभएको हो।
२४ बर्ष अघी एभरेष्ट नेपाल कल्चरल ग्रुपको स्थापना गरी नेपाली कला सस्कृतिलाई विश्वा जगतमा पुर्याउदै आउनु भएका कोइराला FIDAF लगाएत बिभिन्न अन्तर्राष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ।
नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला आयोजना गर्दै आउनु भएका कोइरालाले यो सम्मानले आजै मैले केही गर्न बाकिनै छ भन्ने जिम्मेवरि थपेको छ। अन्तर्राष्ट्रिय मंचहरुमा बारम्बार सम्मान थापी रहने कोइरालालाई नेपालमा गणतन्त्र आए पछी राष्ट्रले कुनै उच्च सम्मान नगरेकोमा कुनै गुनासो छैन भन्नु हुन्छ कोइराला। कोइराला थप्नु हुन्छ, यहाँ देशको झन्डा बोक्नेलाई कसैले सम्मान गर्दैन, सम्मान पाउन पार्टीको झन्डा बोक्नु पर्ने रहेछ भन्छन उनी। यदी कुनै पर्टी को झन्डा बोकेको भए हरेक बर्ष बिभिन्न सम्मन बिभुसन बाट सम्मान हुने थिय तर राष्ट्रको झन्डा बोक्नेलाई कस्ले सम्मन गर्छ र भन्छन कोइराला।
हार्दिक बधाई।