काठमाडौं । अन्तर्राष्ट्रिय शेफ डे २०२३ अवसर पारेर पोखरामा नेपाली ग्यास्ट्रोनोमी भिलेज ग्लोबल क्याम्पेन शुरूवात हुने भएको छ।
नेपाली ग्यास्ट्रोनोमी उत्पादन डम्प साइड,पोखराको रमणीय क्षेत्र अन्तर्गत डमरु सामुदायिक रेस्टुरेन्टमा २० अक्टोबर बाट बिशेश कार्यक्रम आयोजना गरि क्याम्पेनको शुरूवात हुने भएको छ।
पोखरा बासी स्थानिय शेफहरूलाई समेत जोडेर नेपाल ग्यास्ट्रोनोमी टुरिजम अफ एसोसिएसनले यसको व्यवस्थापन गर्ने छ।
यस अभियानले गुणस्तरीय नेपाली खाना र लोकल संस्कृति बीचको सम्बन्धको र मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित
गर्न बिशेश भुमिका खल्ने चर्चित शेफ सामाजिक अभियन्ता नेपाली फुडगुरू सुरेशचन्द्र बस्नेतले जानकारी दिनुभयो ।