तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सामाजिक अभियानमा सकृय गुरुङ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २८ गते, आईतवार ८:०२

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले २०४० सालदेखी महिला जागरण अभियानमा सकृयरहि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउनु हुने दुर्गा गुरुङलाई सम्मान गर्नुभएको छ । शनिवार काठमाडौं, खरिबोट स्थित मदर्स ब्याकेटमा गोरखा-ताकुकोट सेवासमाज काठमाडौंको वार्षिकोत्सव कार्यक्रम माझ उहाँले बारपाक सुलिकोट वडा न ५ निवासी दुर्गा गुरुङलाई सम्मान गर्नुभएको हो । प्रमुख अतिथि श्रेष्ठले गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । गुरुङले हाल जेष्ठ नागरिक समाज गोरखाको अध्यक्ष रहि सामाजिक कार्य गर्दै आउनुका साथै पिछडिन वाध्य महिला दिदी बहिनीहरूलाई एकबद्द गरी अधिकार र सशक्तिकरण अभियान संचालन, महिला समूह गठन र बचत तथा ॠण सहकारीको स्थापना गरि महिला शिक्षा तथा आय आर्जन लगायतका कार्य गर्दै आउनुभएको छ ।

कार्यक्रम माझ गोरखा-बारपाक सुलिकोट गाउँपालिका सूर्यज्योती माविबाट उत्कृष्ट अकं ल्याउने सज्ञाय श्रेष्ठ र ताकुकोट माईकोट माबिबाट उत्कृष्ट अकं ल्याउने अनिसा बरामसहित अन्य विद्यार्थीहरूलाई र आजीवन सदस्यका छोराछोरी मध्ये एसईईमा धेरै अकं ल्याउनेहरूलाई नगद सहित सम्मान गरियो ।

सो अवसरमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ताकुकोट सेवासमाज काठमाडौंको स्मारिका बिमोचन गर्नुका साथै रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविरको उदघाटन समेत गर्नुभयो ।स्वास्थ्य शिविरमा आखा चेकजाच तथा मोतिबिन्दुको अप्रेसन समेत गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यहरूको प्रमाणपत्र प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्नुहुँदै नेपाल उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले गोरखा-ताकुकोट सेवासमाज काठमाडौं गोरखा जिल्लाको नमुनाको रूपमा स्थापना भएको, सामाजिक नेतृत्व गर्न सक्षम युवाहरू यसमा रहेका र यसले समाजमा राम्रो सन्देश दिएको बताउनुहुँदै राम्रो कार्य गर्दै जाओस भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गर्दै सरकारलाई पनी सुशासन कायम गर्न सहयोग गर्न आव्हान गर्नुभयो ।

गोरखा-ताकुकोट सेवासमाज काठमाडौं गोरखा बारपाक केन्द्र बिन्दु भएर गएको भुकम्पले तहसनहस भएको गोरखा-ताकुकोटलाई पुन बसोबास गर्न लायकको बनाउन मिलेर केही गरौ भन्ने भावनासहित आफ्नो जन्मभूमिको विकासमा योगदान दिने उदेश्यसहित स्थापना भएको सामाजिक संस्था रहेको र गोरखा-ताकुकोट थातथलो भई काठमाडौमा आई बसोवास गर्ने, विभिन्नपेसा व्यवसाय गर्ने र अध्ययन गर्नेहरूको उपस्थितमा आफ्नो ठाउँलाई केही गर्ने उदेश्यले खोलिएको गोरखा-ताकुकोट सेवासमाज काठमाडौंले धेरै सामाजिक सेवा गर्दै आएको ताकुकोटवासी एवम् युवा नेता धिरज उपरकोटीले जानकारी दिनुभयो । समाजले अन्य काम अन्तर्गत स्वास्थ्य उपचार गर्न आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग, गाईजात्रा, खेलकुद कार्यक्रम, देउसी भैलो कार्यक्रम, अन्य समस्यामा सहयोग एवम् समन्वय गर्ने कार्यहरू गर्दै आएको समेत उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु