आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सर्ट फिल्म चिसो घर भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २८ गते, आईतवार १८:२७

काठमाडौ ।एभरेष्ट फिल्म एकेडेमीबाट फिल्ममा डिप्लोमा गरेकी विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको सर्ट फिल्म चिसो घर भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ।
आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने गिरीको सोसल ड्रामा जनराको फिल्म चिसो घर उक्त फेस्टिवलबाटै वल्र्ड प्रिमियर हुने भएको छ। थर्ड डाईनेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीद्वारा संयुक्त रुपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरीता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन्।
विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन रहेको छ।
फिल्मकी निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्र्तगत वल्र्ड प्रिमियरका लागि छानिएको हो। यो फिल्म उक्त फेस्टिवलमा अप्रतिपस्र्धी फिल्मका रुपमा छनौट भएको हो। आप्mनो पहिलो प्रयास नै मुम्बई फिल्म फेस्टिवलजस्तो महत्वपूर्ण अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा छनौट हुनु गौरवको विषय भएको भन्दै गिरीले खुशी व्यक्त गरिन्। उनले फेस्टिवलमा सहभागी भएर विभिन्न देशका फिल्म हेरी त्यहाँबाट प्राप्त ज्ञानबाट आगामी दिनमा अघि बढ्न सरल हुने समेत बताइन्।
७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागी फेस्टिभलमा यस वर्ष नेपाली फिल्मको बाहुल्यता रहेको छ। बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी प्रियंका चोपडा अध्यक्ष रहेको फेस्टिवलमा नेपाली फिल्महरु विभिन्न विधाका लागि छनोट भएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु