आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सञ्जयलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २९ गते, सोमबार ०१:५९

काठमाडौं, असोज २८ गते । सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।
पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे ।
पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१९ ले हराए ।
भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१–१२ र २३–२१ ले पाखा लगाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे । असोज २५ गतेदेखि विजयीदशमीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु