” ज्ञानाेदय स्कुल ज्यामिरकोटमा शुभकामना कार्यक्रम”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन २९ गते, सोमबार १३:३१

असोज २८, काभ्रे पाँचखाल नगरपालिका स्थित वडा नं. २ ज्यामिरकोटमा रहेको श्री ज्ञानोदय आधारभुत विद्यालयमा २०८० सालको विजयादशमी, दिपावली, छठ एवं नेपाल सम्बत् ११४४ को उपलक्षमा आयाजित शुभकामना एवं साँस्कृतिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा एवं बागमती प्रदेश यातायात , रोजगार तथा श्रम मन्त्री लक्ष्मण लम्सालको प्रमूख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा पाँचखाल नगरपालिका उपमेयर सुर्यमाया दनुवार, साविक अनैकोट गा.वि.सका पूर्व अध्यक्ष हरिराम सापकोटा, वर्तमान वडा अध्यक्ष रामेश्वर दाहाल, पूर्व वि.व्य.समितिका अध्यक्ष रामकुमार तामाङ्ग, समाजसेवी एवं जि बि स सदस्य रविन्द्र सिवखान, युवा समाजसेवी पुर्षोत्तम आचार्य, पूर्व जनप्रतिनिधि एवं समाजसेवी कृष्ण बहादुर श्रेष्ठ, स्थानिय विद्वान विष्णु अधिकारी, पूर्व शिक्षक विनोद सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरु, स्थानिय बुद्धिजीवीहरु, विद्यार्थी एवं शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले संगीत, नृत्य लगायत अन्य विविध कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको तर्फबाट उपस्थित सबैलाई शिक्षक पत्न बहादुर तामाङ्गले
शब्दद्वारा स्वागत गर्नुभएको थियो । विद्यालयका विविध गतिविधिको बारे विद्यालयका प्रधानअध्यापक मेघनाथ अधिकारीले जानकारी गराउनु भएको थियो । स्थानिय बुद्धिजीवी विष्णु अधिकारीले विद्यालयको र स्थानिय समस्याको बारे माननीय मन्त्री र उपमेयर समक्ष जानकारी गराउँदै सहयोग गर्न अपिल गर्नु भयो । पूर्व गा.वि. सका अध्यक्ष हरिराम सापकोटाले विद्यालय स्थापना हुँदाको दुःख र हिजोको अवस्थाको बारेमा बताउनुभयो । समाज सेवी रविन्द्र सिवखानले विद्यालय राम्रो हुँदा मात्र समाज र त्यहाँ शिक्षाको ज्योति फैलिने हो र परिवर्तन हुँदै जाने भन्ने कुरा बताउनुभयो । वडा अध्यक्ष रामेश्वर दाहालले विद्यालयमा जसरी भए पनि गुणस्तर सुधार गर्नु पर्‍यो । त्यसपछि विद्यार्थी लाइन लागेर आफैं आउने कुरामा आफूमा पूर्ण विश्वास लागेको कुरा बताए। उपमेयर सुर्यमान दनुवारले यस स्कुललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने कुरा बताउँदै आगामी शैक्षिकसत्रका लागि दरबन्दी थप्ने कुरामा आफू लागिपर्ने कुरा बताउनु भयो । प्रमुख अतिथि माननीय मन्त्री लक्ष्मण लम्सालले आफूले यो ठाउँमा रहेको विद्यालयमा संधै आफ्नो सहयोग रहने छ । तर स्कुल राम्रो बनाउन विद्यालयको तर्फबाट शिक्षकले र अभिभावक लागेर राम्रो बनाउने हो । यसमा अभिभावकहरुले पनि लागिर्नुपर्नेहुन्छ । विद्यालय राम्रो हुन अभिभावक, शिक्षक र विद्यार्थीहरु मिलेर मात्र राम्रो बनाउन सकिन्छ भन्ने कुरा मत्री लम्सालले बताउनु भयो ।

अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले सबैलाई धन्यवाद दिंदै आफूले हिजो पनि विद्यालयलाई सहयोग गरेको र भोलि पनि गर्ने कुरामा जोड दिनुभयो । यो आफू जन्मे, हुर्केको ठाउँ भएकोले जहाँ जसरी भए पनि हामी सबैजना लागेर यो विद्यालयलाई राम्रो बनाउन लाग्नुपर्छ । आफैं जानेर अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो । शिक्षा राम्रो हुँदा मात्र समाज र अरु कुरा राम्रो हुँने भन्दै अध्यक्ष दाहालले सबैलाई विद्यालयमा आर्थिक रुपले पनि सहयोग गर्न पनि अनुरोध गरे । दाहालले आफैंबाट आर्थिक सहयोगको रु २५ हजार घोषणा गरि शुरु गरे । त्यसपछि क्रमशः वडा अध्यक्ष रामेश्वर दाहालले रु २५ हजार, रबिन्द्र सिवखानले रु २५ हजार, पूर्व शिक्षक बिनोद सापकोटाले रु १० हजार, हरिराम सापकोटा रु १० हजार, पुर्षोतम आचार्य रु ५ हजार, रामकृष्ण अधिकारीले रु १० हजार, सोकनाथ गौतम रु ५ हजार, तोयानाथ सापकोटा रु ५ हजार गर्दा रु १ लाख २० हजार सहयोग उठेको कुरा शिक्षक माधब नेपालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु