भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

लुभूलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार ०३:०६

लुभू डोजोले चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगिताको उपाधी लुभुले १० स्वर्ण, २ रजत र ३ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।
मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ दोस्रो तथा काभ्रे डोजो २ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसाथ तेश्रो भयो ।
प्रतियोगितामा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजोका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तौलसमूहमा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्य लामाले जनाएका छन् । महिला पुरुष दुवैको एकल कातामा पनि खेल भएको थियो ।
त्यस्तै उमेरसमूह अन्तर्गत प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वर्ण, १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । २ स्वर्ण, ३ रजत र ११ कांस्य सहित आयोजक विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो ।
उमेरसमूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु