मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

“डेरी एसोसिएसन बागमतीले दशैं लक्षित कार्यक्रम सम्पन्न”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन ३० गते, मंगलवार २०:१५

असोज ३०, काठमाडौं नेपााल डेरी एसोसिएसन बागमती प्रदेशको आयोजनामा विजया दशमी, दिपावली, नेपाल सम्वत ११४४, छठ पर्व २०८० को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरियो । कार्यक्रम संचालन बागमती प्रदेशका सचिव श्याम घिमिरेले गरेका थिए भने सभापतित्व नेपाल डेरी एसोसिएसन बागमति प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा प्रमूख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेत, बागमती प्रदेश कृषि मन्त्रीका सल्लाहकार एवं डेरी विज्ञ नारायण बहादुर श्रेष्ठ, एनप्याब्सन केन्द्रिय अध्यक्ष पाण्डब हमाल, एमनेष्टी इनटरनेशनलका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारी, अतिथिहरुमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, उपाध्यक्ष मनोज कुमार घिमिरे, सह–कोषाध्यक्ष रामभक्त दाहाल, पूर्व केन्द्रिय उपाध्यक्ष सन्तोष दाहाल, केन्द्रिय कार्य समिति सदस्यहरु नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, रमेश सञ्जेल रहेका थिए । अन्य उपस्थितिमा नेपाल डेरी एसोसिएसन बागमति प्रदेशका उपाध्यक्ष गोपाल प्रसाद तिमल्सिना, ध्रुव तिवारी, सह कोषाध्यक्ष राजकुमार वाईबा लगायत नेपाल डेरी एसोसिएस काठमाडौं जिल्ला समितिका अध्यक्ष अजित बजगाईं, उपाध्यक्ष लिलाधर दाहाल, सचिव शिव प्रसाद तिमल्सिना (विदुर), सदस्य चेतनाथ ( केदार) दाहाल, काभ्रे जिल्ला अध्यक्ष रविन्द्र हुमागाईं, विभिन्न संघ संस्थाका प्रतिनिधि, डेरी उद्योगी एवं पत्रकार गरि करिव १३० जनाको उपस्थिति रहेका थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा चाडपर्व लक्षित गरि रमाइलोको लागि उपस्थित मध्येमा चिठ्ठा कार्यक्रम आयोजना गरिएको थियो । चिठ्ठा कार्यक्रममा करिव ६० जनाको सहभागी रहेको थियो । चिठ्ठा कार्यक्रममा पुरस्कार मोबाईल फोन राखिएको थियो भने नतिजा गोला प्रथाबाट गरिएको थियो। चिठ्ठा बिन्धवासिनी डेरी उद्योगका चेतनाथ दाहाल ( केदार) लाई परेको थियो। कार्यक्रमका प्रमूख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल र केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले सो चिठ्ठामा परेको मोबाइल वितरण गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारीले राखेका थिए । शुभकामना मन्तव्यमा प्रमूख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा धन्यवाद दिंदै प्रदेशका यस्ता गतिविधिले एसोसिएसनको गति बढ्ने र सदस्यहरुको मनोबल समेत उच्च रहने कुरा बताउँदै नेपालीहरुको महान चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो । विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेतले आफ्नो मन्तव्यका क्रममा एसोसिएसनले सबै डेरी उद्योगका सदस्यहरुलाई एकै स्थानमा जम्मा गरि यस्तो किसमको भुमिका खेलेकोमा विशेष धन्यवाद दिंदै यसरी सदस्यहरुको ख्याल गरि विभिन्न समयमा विभिन्न खाले मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्नाले सदस्यको हित गर्ने समेत बताउँदै चिठ्ठा विजेतालाई बधाई एवं नजिकै रहेका सबै चाडपर्वको एकमुष्ट शुभकामना समेत व्यक्त गर्नु भयो । एन प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डब हमालले विद्यार्थीलाई अनिवार्य दूध सेवन गराउने कुरामा आफूले सधैं विद्यालयमा अभिभावकलाई प्रोत्साहन गर्ने गरेको कुरा बताउनु भयो । एमनेष्टी इनटरनेशनलका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारीले बालकदेखि बृद्धअबश्थासम्म सधैं दूध तथा दुग्ध पदार्थ अनिवार्य रहेको र दुध अमृत बराबर भएको कुरा बताउनु भयो।

अतिथिहरुमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बागमती प्रदेशको आयोजनामा भएको यस कार्यक्रम प्रति आभार ब्यक्त गर्दै हरेक प्रदेशका यस्ता सकारात्मक गतिविधि देख्दा आफू अत्यन्तै खुशी भएको कुरा ब्यक्त गर्दै बागमती प्रदेशका सबैलाई धन्यवाद दिनुका साथै चिठ्ठामा पुरस्कृतलाई बधाई एवं कार्यक्रम सफतापुर्वक सम्पन्न भएको र यसले सदस्यहरुको मनोकांक्षा र आत्मबल उच्च हुने कुरा बताउदैं नजिकिंदै गरेको चाडपर्वहरुको सबैमा शुभकामना ब्यक्त गर्नुभयो। केन्द्रिय दुग्ध सहकारीका बरिस्ठ उपाध्यक्ष कृष्ण सापकोटाले दुग्ध क्षेत्रको यो कठिन समयमा सबै मिलि समस्या हल गर्नु पर्ने र दशैको मुखमा तत्काल किसानको भुक्तानी गर्न सबै उद्योगीलाई आग्रह गरे भने महासचिव राम आचार्यले सबैलाई शुभकामना दिंदै किसानले दु:ख गरेर उत्पादन गरेको दुध सडकमा फाल्न नपरोस् । अन्यथा आउँदा दिनमा किसानले पशुपालन गर्न छोडेपछि फेरि उद्योगीले नै दुध नपाउने दिन आउन सक्ने संकेत गर्दै सबैलाई बेलैमा सहज हुन आग्रह गरे ।

उपस्थित सबैलाई धन्यवाद दिंदै एसोसिएसनक केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले अहिलेको यो कठिन समयमा सबै उद्योगीले किसानको पिडा बुझि अगाडि बढ्न आग्रह गरे। अन्त्यमा कार्यक्रमको समापन मन्तव्यमा आफ्नो भनाई राख्दै कार्यक्रमका सभापती बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा एवं अतिथिहरुमा विेशष धन्यवाद ज्ञापन गर्नु भयो । चाडपर्व लक्षित यस कार्यक्रम सफल भएको कुरा बताउँदै नजिंकदै गरेका सबै चाडपर्वको एकमुष्ट शुभकामना ब्यक्त सहित कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भयो । उपस्थित सबै अतिथिहरुलाई दूध तथा दुग्ध पदार्थको कोशेली बितरण गरिएको थियो भने खाजामा महि र दुग्ध पदार्थ समाबेश गरि खुवाइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु