आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

डेमोन्स्ट्रेसन टोलीलाई विशाल र दिपेशको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार ०४:५५

काठमाडौ ।बंगलादेशको ढाकामा हुने प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल टाइगर तेक्वान्दो टोलीले डेमोन्स्ट्रेसन प्रस्तुत गर्ने भएको छ ।
थुप्रै घरेलु प्रतियोगितामा आफ्नो साहसिक र आकर्षक प्रस्तुतीले दर्शकको मन जितिसकेको नेपाल टाइगर टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा प्रस्तुती दिने काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । अक्टोबर २० देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली मंगलबारै बंगलादेश प्रस्थान गरेको छ ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतका पदाधिकारी प्रशिक्षक श्याम थापा मगरसहितको ३५ सदस्यीय टोलीलाई मंगलबारै लैनचौरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा अध्यक्ष खड्गीले टोलीलाई अस्ट्रेलिया बस्ने काभ्रेस्थली तेक्वान्दो डोजाङका खेलाडी विशाल खड्गी र दिपेश डंगोलले प्रायोजन गरेको टिसर्ट पनि हस्तान्तरण गरेका थिए ।
खेलाडीमा सुजल गुरुङ, इशान थापा मगर, सुकमाया गुरुङ, सुनिल गुरुङ, मनीषा पराजुली, निमा ग्याल्मो तामाङ, आयुशा गुरुङ, सुमी थापा मगर, किरण तामाङ, मन्दिप राई, समिर खत्री, निमा छिरिङ शेर्पा, आदर्श मगर, कपिल गुरुङ, सुनिल तामाङ, रोमन मगर, अमिका तामाङ, सागर तामाङ, निरज गिरी, अभिषेक नेपाली, छिरिङ शेर्पा, करिना सुनुवार, करुणा तामाङ, नानुका मगर, अंकित मगर, रोशनी श्रेष्ठ, सामना पुरी, गरिमा कोइराला, सुजन नेपाली, सुरज खड्का, सर्विन गुरुङ, दिप्सिका तामाङ, रोशन तामाङ र दीपक राई रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु