दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रियगीत ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार २१:२९

काठमाडौं – गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ। गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ।

म्युजिक अरेन्ज राजु शाहले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन्।

गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल ‘ज्ञानेश के कर्ण’ बाट सार्वजनिक गरिएको हो। यसअघि गायक कर्णले ‘म अनि तिमी’ बोलको गीत सार्वजनिक गरिसकेका छन्। नयाँ गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक कर्णले सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु