हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

गोर्खाली रग्वी क्लबको आयोजनामा दशैँ, तिहार र छैठ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २ गते, बिहीबार २०:४८

ललितपुर – हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै गोर्खाली रग्वी क्लबले बडा दशैं, तिहार, नेपाल संवत तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

क्लवले बिहीबार बगैंचा रेस्टुरेन्ट एन्ड बार जाउलाखेलमा सम्पूर्ण पदाधिकारी , सदस्यहरु लगायत जमघट गराएर शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक भेटघाट, सर्टिफिकेट वितरण, भावी योजना लगाएको बिषयमा छलफल गदै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बिशिस्ट अतिथि ,अन्य अतिथि लगाएतको सहभागीहरुले दशैं तथा दीपावलीको अवसरमा नेपाली–नेपालीबीच सदैव आपसी सदभाव, सम्पूर्ण नेपालीहरुको सुख समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए ।

चाड पर्वहरुको खुशियाली र महत्त्वलाई कायमै राख्दै तथा आपसी मेलमिलापलाई अझै प्रगाढ बनाउने उदेश्य ले उक्त कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रोहित कार्कीले बताए ।

नेपालमा गोर्खाली रग्वी क्लबले भविष्यमा गाउँ गाउँ देखी सहर सम्म रग्वी खेलको विकासको लागि गोर्खाली रग्वी क्लबले सधै नेपाल रग्वी संघ संग सहकार्य गरेर खेल र खेलाडीको विकासमा निरन्तर लागि रहनेका साथ आउदो जनवरीमा गोर्खाली नेशनल सेभेन प्रतियोगिता आयोजना गर्न लागिएको सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।

नेपाल रग्वी संघको महासचिव गोविन्द घिमिरेको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकारहरू रबिन्द्र श्रेष्ठ ,दिलिप श्रेष्ठ , बिष्णु थापा ,गोबिन्द पाैडेल क्लबका कानुनी सल्लाहकार गोबिन्द राज न्याैपाने कर्णाली रग्वी प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँर क्लबका उपाध्यक्ष कृष्ण थापा कोषाध्यक्ष श्रीराम श्रेष्ठ क्लबका पदाधिकारीहरू खेलाडी ,सदस्यहरु लगायत उपस्थिति थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु