एरिका सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ३ गते, शुक्रबार ०५:३८

नेपाल एकायन कारते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । संघले विजयादशमी, शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना गरेको कार्यक्रममा एरिकालाई नगद २० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान ग¥यो ।
एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो । सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उनीहरुलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कारते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु