नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया÷ओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ । नेपालले टिम इभेन्टमा ब्रुनइलाई ३–० ले पराजित ग¥यो । पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै हराएको थियो ।
पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए । डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले पन्छाए । समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसंग खेल्ने छ ।