दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डेविस कप खेल्ने टोलीको बिदाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ४ गते, शनिबार ३:०५

बहराइनको मनामामा हुने डेविस कपको एसिया÷ओसियाना क्षेत्रको ग्रुप ५ को प्रतिस्पर्धामा भाग लिन ४ पुरुष खेलाडीलाई शुक्रबार बिदाइ गरिएको छ । नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले खेलाडीलाई सफलताको शुभकामना दिदै सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।
अक्टोबर २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा अभिषेक बाँस्तोला, प्रदीप खड्का, अकी जुवेन रावत र ऋतिक राणाले टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा शरद लामा तथा व्यवस्थापकमा कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसे रहेका छन् । प्रशिक्षक लामा भने बिली जिन किङ कपअन्तर्गत एसिया÷ओसिएना ग्रुप ३ को प्रतियोगिताका लागि बहराइनमै छन् । उक्त प्रतियोगितामा नेपाली महिला टोलीले प्रतिस्पर्धा गरिरहेको छ । टोली आइतबार बहराइन् प्रस्थान गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु