दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीहरुलाई समावेश गरी दशैं गीतको म्युजिक भिडियो तयार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ६ गते, सोमबार ६:०८

काठमाडौ ।बडा दशैंको अवसर पारेर मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीहरुलाई समावेश गरी दशैं गीतको म्युजिक भिडियो तयार पारी सार्वजनिक गरिएको छ।

सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलोपटक प्रतियोगीहरुलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको हो। मंगलम् बोलको भक्ति गीत दुर्गा माताको आरधनमा आधारित छ। भक्ति गीतको म्युजिक भिडियोमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ। आठ मिनेट लामो दुर्गा आरधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, संगीत सिर्जना र संयोजन राजेन्द्र बजगाई, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियार तथा बाद्यवदन भुवन गन्धर्भ, सञ्जिव बराईली र हेमन्त कान्छा रसाईलीको रहेको छ।

सन्दीप भुजेलको कोरीयोग्रफी र निर्देशनमा तयार भएको भक्ति संगीतको म्युजिक भिडियोमा छायांकन ओम प्रसाइ, कन्सेप्ट र स्क्रिप्टिङ्ग अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ।

गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु