दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र बिच्छेद’को ‘गाजले’ बोलको गीत सार्वजनिक ( भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ७ गते, मंगलवार ८:१७

काठमाडौ । मुकुन भुसाल र लक्ष्मी बर्देवाको प्रमुख अभिनय रहेको चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक गरिएको छ । बडा दसैँको महाअष्टमीको दिन पारी सार्वजनिक गरिएको ‘गाजले’ शीर्षकको गीतमा मुकुन र मेनुकाको प्रेमभाव रहेको छ ।

मङ्सिर ८ मा रिलिज हुने यस फिल्मको सार्वजनिक गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ । यसका कोरियोग्राफर सुरेन बसेल हुन् ।

अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि चर्चित चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । यस चलचित्रबाट लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु