उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

दुर्गामान १२ औं स्थानमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ८ गते, बुधबार १६:३७

काठमाडौं, कात्तिक ८ गते । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा बुधबार समग्रमा १२ औं भएका छन् । १२ खेलाडीनै सहभागी थिए ।
चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।
दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।
एथलेटिक्स ः
एथलेटिक्सको पुरुष टी– ४७ क्याटगोरीको १ सय मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार सातौं भएका छन् । उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । उनको हिटमा सातै खेलाडी सहभागी थिए ।
एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३ औं भए । उक्त नतिजासंगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलिप महादु गाभिट ‘डिस्क्वालिफाइ’ भए ।
पौडी ः
पौडीको एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेश्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौं स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चे ।
एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६ औं स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । अन्तिम स्थानमा रहेका बंगलादेशका रहमान नफियुर खन्दाकर १७ औं भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु