काठमाडौं ।स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल मड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जीत निकालेको हो ।
रियलका लागि बेलिङ्घमले दुई गोल गरे । बेलिङ्घमले खेलको ६८औं मिनेटमा र इन्जुरी समयमा गोल गरेका हुन् ।
बार्सिलोनाका इल्काए गुन्डोगन एक गोल गरे । गुन्डोगनले खेलको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ