सीतल आचार्य – कार्तिक १२- २०८०
सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिका (Social Awareness and Peace University, Florida, USA ) को तर्फ बाट “मानार्थ डक्टर”को उपाधीबाट आरसी कोइराला (रामचन्द्र) लाई प्रदान गरिएको छ। कोइरालाले अन्तर्राष्ट्रिय सस्कृतीबिद्दको क्षेत्रमा पुर्याउनु भएको कार्यको उच्च मुल्यांकन गर्दै “मानार्थ डाक्टर”को उपाधी प्रदान गरिएको सामाजिक जागरूकता र शान्ति विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाले जनाएको छ।
नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्न प्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मनु भएको आरासी कोइराला (रामचन्द्र) बिगत 30 बर्ष देखि अनब्रत रुपमा नेपाली कला संस्कृतिलाई सम्बर्द्धन तथा प्रबर्द्धन उल्लेखनीय कार्य गर्दै बिश्व भर नेपाली संस्कृति मार्फत नेपालाई परिचीत गराउदै आउनु भएका कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ। आरसी कोइराला (रामचन्द्र) को नेतृत्व तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपालमा हुने एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्ष सहित हुनुहुन्छ कोइराला, कोइरालाको यस्तै अतुलनीय कार्यको सम्मानमा “मानार्थ डाक्टर”को उपाधी प्रदान गरेको विश्वविद्यालय फ्लोरिडा, संयुक्त राज्य अमेरिकाले जनाएको छ।