कार्की जर्मनी जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १३ गते, सोमबार २३:३३

काठमाडौं, कात्तिक १३ गते ।
टफिसा नेपालका महासचिव राजकुमार कार्की २८ औं टफिसा विश्व कोंग्रसमा सहभागी हुन मंगलबार जर्मनीको डुसेलडोर्फ प्रस्थान गर्ने भएका छन् । कोंगेस नोभेम्बर १ देखि ५ तारिखसम्म हुनेछ । अन्तर्राष्ट्रिय खेलकुदको संगठन टफिसामा १७० भन्दा बढी राष्ट्रमा करिब ३८३ संस्था आबद्ध रहेको कार्कीले जनाएका छन् ।
जर्मनीको कोंगे्रसपछि कार्की स्पेनको मेड्रिडमा हुने मुभ कोंग्रस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एसोसिएसन (इस्का) को साधारण सभामा सहभागी हुने छन् । कोंग्रेस नोभेम्बर १५ देखि १७ तारिखसम्म तथा साधारण सभा नोभेम्बर १८ तारिखमा हुनेछ । उक्त कार्यक्रममा कार्की नेपाल विद्यालय खेलकुद महासंघको महासचिवको हैसियतमा सहभागी हुन लागेको बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले कार्कीलाई सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्ष बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु