चलचित्र ‘दयारानी’ पोष्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १४ गते, मंगलवार १६:३५

काठमाडौं ।चलचित्र ‘दयारानी’ निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

सार्वजनिक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन देखिएका छन् । फिल्ममा पनि दयाहाङ र दीयाकै मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनेता माओत्से गुरुङले गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु