पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

डिजेल र मट्टितेलको मूल्य घट्यो,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १५ गते, बुधबार ११:०७

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो । निगमले पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जनाएको छ ।

निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ भने मूल्य घटेपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

खाना पकाउन एलपी ग्यासको मूल्य ९३ रुपैयाँ बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ । ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ मूल्य तोकिएको छ । नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य ९३.६० रुपैयाँ बढेर आएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु