उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

हेर्नुस् आज कार्तिक १६ गते बिहीबारको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार ०५:१३

आज – १६ कार्तिक २०८० बिहिवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कलाकारिता र साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन मध्यम नै रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वैदेशिक कार्य पनि ढिलाइ होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभ यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु