प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार ०८:०३

काठमाडाैँ। संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद‍्को सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु