दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल आँखा अस्पताल र नेपाल दृष्टिविहिन कल्याण संघ बिच न्युन दृष्टि तथा दृष्टिविहिनको लागि सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार ९:२६

काठमाडौ ।नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल दृष्टिविहिन कल्याण संघ बिच समुदायका विभिन्न स्थानहरुमा दृष्टिविहिन तथा न्युन दृष्टि भएकाहरुको लागि आवश्यक पर्ने पुनस्थापना तथा न्युन दृष्टि सेवा उपलब्ध गराउनको लागि सहमतीमा नेपाल आँखा अस्पतालका अध्यक्ष डा। गोपाल प्रसाद पोखरेल एवं नेपाल दृष्टिविहिन कल्याण संघका अध्यक्ष तिर्थराज वन्तको संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

समुदाय स्तरमा न्युन दृष्टिभएकाहरुको पहिचान गरी निजहरुको व्यवस्थापन तथा व्यवसायिक तालिम दिई निजहरुलाई समाजमा पुनः स्थापित गर्ने उद्धेश्य रहेको छ ।
उक्त कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको कार्यसमिती सदस्य बिमल कुमार पौडेल, नेपाल आँखा अस्पतालको कार्यकारी अधिकृत धर्मराज गोसाई, नेपाल आँखा अस्पतालमा कार्यरत बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्युन दृष्टि विशेषज्ञ डा. अरुण प्रसाद ढुंगाना, नेपाल दृष्टिविहिन कल्याण संघका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
उक्त सम्झौता अनुसार दृष्टिविहिन तथा न्युन दृष्टि भएकाहरुको पहिचान गरी उनीहरुलाई निशुल्क आँखा जाँच गर्ने, न्युन दृष्टि उपकरणहरु उपलब्ध गराँउने, व्यवसायिक तालिम दिने, आर्थिक अवस्था नाजुक भएका तथा उपचार वा शल्यक्रिया गराउन आवश्यक पर्ने तर असमर्थ भएका व्यक्तिहरुको निशुल्क वा सहुलियत शुल्कमा उपचार गर्ने योजना समेत रहेको बरिष्ठ दृष्टि विशेषज्ञ एवं न्युन दृष्टि विशेषज्ञ डा.अरुण प्रसाद ढुंगानाले जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु