आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

खेलकुद मन्त्री लिम्बू र राजदूत नोभिकोभबीच भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १६ गते, बिहीबार १६:४१

काठमाडौं, कात्तिक १६ गते ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए. नोभिकोभबीच बिहीबार भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्री लिम्बूको कार्यकक्षमा भएको भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ प्mयुचर’ का साथै खेलकुदका विविध पक्ष बारे छलफल भएको थियो ।
राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिता बारे यकिन हुन चाहेको बताउदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए ।
खेलकुद मन्त्री लिम्बूले नेपाल÷रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागितका लागि गम्भीर रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गेम्सको विविध पक्ष बारे जानकारी लिएका थिए । सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिता बारे पनि कुराकानी भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु