चलचित्र ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १७ गते, शुक्रबार १६:५१

काठमाडौं । निर्मात्री तथा अभिनेत्री रेखा थापा निर्मित तथा अभिनीत चलचित्र ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ बोलको गीत सार्वजनि भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरीको फिचर्ड रहेको छ

शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु