दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पारा तेक्वान्दो टोली सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १९ गते, आईतवार ६:१८

काठमाडौं, कात्तिक १८ गते ।
चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् ।
काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ, काठमाडौं र ललितपुरका डोजाङ प्रमुख, तेक्वान्दो पदाधिकारीले पलेशा र प्रशिक्षक लामालाई नगदसहित प्रशंसा पत्र तथा व्यवस्थापक श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । पलेशालाई ८७ हजार १ सय ७५ तथा लामालाई ३३ हजार नगद प्रदान गरियो । त्यसमा काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघले पलेशालाई समान १५–१५ हजार तथा लामालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिल महर्जनलगायतलले बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
गत अक्टोबर २२ देखि २८ तारिखसम्म भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।
आफ्नो खेलपछि छोटो समयका लागि स्वदेश फर्किएकी पलेशा सोमबार चीनको सांघाइ प्रस्थान गर्दै छिन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । एसियाली पारा खेलकुदमा सहभागी हुन पलेशा सांघाइबाटै हाङझाव गएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु