आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

कांग्रेस सांसदहरूले १५ दिनको पारिश्रमिक भुकम्पपीडितलाई उपलब्ध गराउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १९ गते, आईतवार १८:०९

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसद्मा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठकले त्यस्तो निर्णय गरेको हो । ‘भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरुको १५ (पन्ध) दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गर्दछ,’ कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले शुक्रबार राती ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) जिल्लाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ, साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु