सन्तोष कतार प्रस्थान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २० गते, सोमबार ०६:४५

काठमाडौं, कात्तिक १९ गते ।विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुटुवार आइतबार कतारको दोहा प्रस्थान गरेका छन् ।
नोभेम्बर ५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सन्तोषले सोमबार लिब्यासंग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छन् । समूह ‘एल’ मा रहेका सन्तोषले मंगलबार कतार तथा बुधबार पोल्यान्डका खेलाडीको सामना गर्ने छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल स्नुकर तथा विलियर्ड संघका महासचिव केशवराज अधिकारीले आइतबारै बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु