तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अशोक ४७ खेलमा निर्णायक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २१ गते, मंगलवार ६:४३

तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ (जि– ४) पुम्से ओपन तेक्वान्दो प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
विश्व तेक्वान्दो र दक्षिण कोरियाली सरकारले आयोजना गरेको प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका निर्वाह गरेको अशोकले जनाएका छन् । आइतबार सम्पन्न तीनदिने प्रतियोगिता दक्षिण कोरियाको मुजुमा भएको थियो ।
अशोक ग्योरोगी, पुम्से र पारा विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोकले गत वर्ष बुल्गेरियामा भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका अशोकले गोल्डकोस्ट ओपन तेक्वानदो प्रतियोगिताको दुई संस्करणमा स्वर्ण जितेका थिए ।
अशोकले हालै विश्व तेक्वान्दो एकेडेमीले आयोजना गरेको अन्तर्राष्ट्रिय एक्जामिनर कोर्स समेत उत्तीर्ण गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु