विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको राहत , करोड बढीको राहत सामग्री बितरण गर्दै अध्यक्ष शर्माको टोली फिल्डमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २१ गते, मंगलवार ०९:३२

गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष राजेन्द्रकुमार शर्मा आरके नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । राहत सामाग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम प्रस्थान गरेको हो । १० करोडको विपद कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बल,म्याटसहित जाजरकोट र रुकुम प्रस्थान गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५,उपाध्यक्ष खगेन्द्र न्यौपाने सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए ।
राहत बितरणका लागी अध्यक्ष शर्मा,निबर्तमान अध्यक्ष रविना थापा,निवर्तमान उपाध्यक्ष नरेन्द्र भाट,उपाध्यक्ष राज रेग्मी,गंगाधर गौतम,महासचिव बुद्दीसागर सुवेदी,सचिव लोक दाहाल,युरोप संयोजक चिन्तामनि सापकोटा,युरोप महिला संयोजक गीता खनाल थापा, एनआरएनए अभियन्ता नारायण थापा,शनि कुमार ओली,बन्दना शर्मा,ओम शर्मालगाएतका नेतृत्वहरु जाजरकोट र रुकुम हिडेका छन ।
अध्यक्ष शर्माका अनुसार भूकम्प पीडित २००० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो । संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा वितरण गर्ने महासचिव सुवेदीले बताए ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन ।
संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषदहरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु