नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशको आयोजनामा यस क्षेत्रका दुग्ध व्यवसायसँग हाल दुधको प्रतिकुल अवस्थाका बारेमा बुटवलमा गहन छलफल गरि समाधानमा केन्द्रित रह्यो।कार्यक्रम लुम्बिनी प्रदेश नेपाल डेरि एसोसिएसनका अध्यक्ष श्री थानेश्वर न्युपाने को अध्यक्षता ,केन्द्रिय दुध उत्पादन सहकारी संघका केन्द्रिय सदस्य प्रेम काफ्ले ,नेपाल डेरी एसोसियसनका पूर्व केन्द्रिय अध्यक्ष मेघराज भण्डारी, लुम्बिनी दुध बितरण आयोजनाका आयोजना प्रमुख योगेन्द्र यादव, डेरी संघका लुम्बिनी संयोजक बिक्रम रिजाल लगायत नेपाल डेरी एसोसिएसनका केन्द्रिय पदाधिकारिका साथै लुम्बिनी प्रदेश कमिटिका संचालक सदस्यहरुको सहभागिता रहेको थियो ।
लुम्बिनि प्रदेशमा केहि वर्ष यतादेखि प्रत्येक गाउँको कुना कुना गई किसानलाई सचेत बनाउँदै किसानलाई स्वरोजगार बनाउने उद्देश्यले दुध संकलन गर्दै जाँदा हाल बजारको प्रतिकुल अवस्थाले लाखौं किसानको लगानी जोखिम अवस्थामा पुगेको छ भने ठूलो लागानीमा संचालित दुध उद्योगहरु बन्द हुने अवस्थामा रहेका छन् । हाल दुधको बजारको अवस्था ५०% कटौती भई दैनिक करिब ६०,००० लि (साठी हजार लिटर दुध) बढि भई धुलो दुध बनाई स्टक गर्नु पर्ने बाध्यता रहेको छ । जुन परिमाणको स्टक रहेको छ त्यस कारण किसानलाई दुधको भुक्तानी समयमा गर्न नसकिने अवस्था रहेकोले समयमा भुक्तानी नगर्दा किसान पशुपालनबाट पलायन हुने र भुक्तानी गर्न उद्योगसँग रकम नहुने यस्तो बिकराल अवस्थामा राज्यसँग कन्भर्सनको लागत रकम राज्यबाट अनुदान हुनु पर्ने र उत्पादित दुग्ध प्रदार्थको व्यवस्थापन राज्यले गर्नु पर्ने साझा धारण व्यक्त भयो । साथै सबै सरोकारवालाहरुको एक मत भएमा केहि महिनाको लागि खरिद र बिक्रि मुल्यमा केहि समायोजन गर्न सकिने धारण पनि व्यक्त भयो । किसानलाई सुरक्षित गर्दै उद्योगहरु चल्नु पर्ने धारणाहरु सबैले राख्नु भयो । सकेसम्म मिल्क होलिडे नगरि दुधको व्यवस्थापन गर्न सके सरकारले किसानका राष्ट्रिय समस्यालाई जोगाउनु पर्ने कुरा सबै उपस्थित सरोकारवालाहरुले धारणा व्यक्त गरियो ।