दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस नेपाल वर्ल्ड २०२३ बुधबार राजधानीमा आयोजना हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २१ गते, मंगलवार १६:४८

काठमाडौं ।रिवन इन्टरटेनमेन्टको आयोजनामा हरेक वर्ष हुँदै आएको विवाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२३ भोलि बुधबार राजधानीमा आयोजना हुने भएको छ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२३ मा विशेष अतिथिका रूपमा सहभागी हुन मिसेस वर्ल्ड २०२२ सरगम कौशल शनिवार काठमाडौं आईपुगेकी छिन्। ‘विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा म पहिलोपटक नेपाल आएकी हुँ। मलाई नेपाल र भारतको सम्बन्ध सहोदर दिदीबहिनीजस्तो लाग्छ। यो सौन्दर्य प्रतियोगिताले पनि हामीलाई एक अर्कासँग जोडेको छ’ सरगमको भनाई छ। कौशलले मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगी निकै मेहनती पाएको र उनीहरूले अगामी दिनमा मिसेस वल्र्डमा सफलता हासिल गर्ने विश्वाससमेत व्यक्त गरिन्।
कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, जेनी खड्का, सलोनी श्रेष्ठ र सरु आरएल राणा अन्तिम प्रतिस्पर्धामा सहभागी हुँदैछन्। प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ। प्रतियोगिताको विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने तथा मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु