एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

प्रदीप र ऋतिक फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २२ गते, बुधबार ०७:२१

प्रदीप खड्का र ऋतिक राणा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निसान श्रेष्ठलाई ६–२ र ६–१ तथा ऋतिकले बोरिस अधिकरीलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे ।
महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१, माहिका राणाले रायना शाहलाई ६–३, ४–६ र ६–३, शुभाङ्गीलक्ष्मी शाहले गंगा शर्मालाई ६–२ र ६–३ तथा प्रकृति श्रेष्ठले आद्या पौडेललाई ६–३, ३–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापा तथा सक्षमविक्रम शाह र प्रितम परियारको जोडी फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा प्रकृति श्रेष्ठ र रायना शाह तथा अभिलाषा विष्ट र माहिका राणाको जोडी फाइनलमा पुगे ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई ६–३, ६–७ र १०–७ ले पाखा लगाउदै पहिलो भए । ३५ वर्षमाथि पुरुष सिंगल्समा सिमान्त गुरुङ, सन्तोष खत्री, जितेन्द्र परियार र कमलबहादुर भण्डारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र जीवन घिमिरेले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापा उपाधिका लागि भिड्ने भएका छन् ।क
जुनियर ः भिरल र निम्तिलाई स्वर्ण
प्रतियोगिताअन्तर्गत जुनियरको यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल तथा गल्र्समा निम्ति कुँवरले स्वर्ण जितेका छन् । फाइनलमा भिरलले जिवश भट्टराईलाई १०–४ र १०–८ तथा निम्तिले तभिसी राणालाई १७–१५ र १०–३ ले पराजित गरे ।
यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बन्ने क्रममा विश्वविशेष डल्लाकोटीले फाइनलमा स्पन्दन उदासलाई ६–०, ५–७ र ६–३ को सेटमा पाखा लगाए । सो स्पर्धाको गल्र्समा शिभाली गुरुङ र साल्भी शेरचन फाइनलमा पुगेका छन् ।
यु–९ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थिअ श्रेष्ठ फाइनलमा स्थान बनाउन सफल रहे । यु–१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी र सुजन कुइकेल फाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा सरा पन्त र अनुश्री धोजुले फाइनल खेल्ने छन् । यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी र वृजेश अर्यालले स्वर्ण भिडन्त पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु