आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

ग्लोबल कलेज इन्टरनेशनल ‘बेष्ट विजनेश स्कुल अफ द ईयर अवार्ड २०२३’ बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २२ गते, बुधबार ०८:०६

जापान । ग्लोबल कलेज इन्टरनेशनल ( जिसिआई) बेष्ट विजनेश स्कुल अफ द ईयर अवार्ड २०२३ बाट सम्मानित भएको छ । जापानको टोकियोमा हालै सम्पन्न नेपाल एडुकेशन अवार्ड सेरोमनी माझ जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलेजलाई अवार्डसहित सम्मानित गर्नुभएको हो । कलेजकोतर्फबाट अनुसन्धान सह संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

अवार्ड ग्रहण पस्चात ओझाले उक्त पुरस्कारबाट सिंगो जिसिआई परिवार नै गौरन्वान्वित रहेको र शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको प्रतिबद्धताका कारण कलेजले उक्त उपलब्धि हासिल गरेको बताउनुहुँदै सबैमा आभार समेत व्यक्त गर्नुभयो । ‘यस अवार्डको हकदार बन्न पाउँदा सिंगो जिसिआई परिवार गौरन्वान्वित छ, समस्त क्याम्पस समुदायकै प्रयास र अथक मेहनतको फलको रुपमा मैले यसलाई लिएको छु । र भोलीको दिनमा पनि हामी ग्लोबल कलेज इन्टरनेशनललाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा कायम राख्दै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्छु र अन्त्यमा, सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो ।

त्यसैगरि कलेजले यस अवार्डले कलेज परिवारलाई थप उर्जा एवम् हौसला मिलेको जनाउदै भनेको छ ’विद्यार्थीको चौतर्फी विकास र शैक्षिक गुणस्तरको लागि हाम्रो समर्पणको कदरले हामीलाई उर्जा तथा हौसला मिलेको छ । हामीलाई गौरव समेत महशुस भएको छ’ ।

ग्लोबल कलेज इन्टरनेशनलको संक्षिप्त परिचय

काठमाडौं स्थित मध्य वानेश्वरमा अवस्थित ग्लोबल कलेज ईन्टरनेशनलमा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन हुँदै आएको छ । यस कलेजले मध्य पश्चिम विश्वविद्यालय सुर्खेतको सम्बन्धनमा एम्.बि.ए., बि.बि.ए., बि.एच्.एम् र बि.टि.टि.एम्. जस्ता विश्वब्यापी लोकप्रिय कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ । व्यवस्थापन शिक्षामा विद्यार्थीको पहिलो रोजाईमा रहेको ग्लोबल कलेजबाट दिक्षित स्नातकहरु स्वदेश तथा विदेशमा प्रसिद्ध संस्थाहरुमा आवद्ध भई अध्ययन, अनुसन्धान एवम् रोजगारमा संलग्न छन् ।

यस कलेज युरोपियन युनियन आवद्ध ईरास्मस प्लस कार्यक्रमको साझेदार सदस्य समेत रहेको छ । इरास्मस कार्यक्रम अन्तर्गत कलेजले निरन्तर रुपमा युवा विद्यार्थीहरुलाई उद्यमशीलता, पर्यटन लगायतका क्षेत्रमा अनुसन्धान एवम् क्षमता अभिबृद्धि र अभिमुखिकरण तालीमहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु