आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

उज्यालो टाईम्सको उज्यालो तिहार सांँस्कृतिक कार्यक्रमको तयारी पुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार ०६:०२

चितवन/उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर आयोजना गर्न लागेको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८०को तयारी पुरा भएको छ ।
भरतपुर भ्रमण बर्ष– २०२४लाई लक्षित गर्दै तिहारको अवसर पारेर कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने संस्थाका अध्यक्ष राजु भट्टले जानकारी दिनुभयो ।
तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न हामीले यो कार्यक्रम गर्न लागेका उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्टले जानकारी गराउनु भयो । पत्रकारिता संगै संस्थागत सामाजिक उत्तरदायित्व भएकोले उक्त कार्यक्रम गर्न लागिएको भट्टले बताउनु भयो ।
यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उहांँले बताउनु भयो । तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उहांँको भनाई छ ।
कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ ।
कार्यक्रमको लागि करीब शत प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले जानकारी दिनुभयो । ’हामी कार्यक्रमको अन्तिम चरणमा छौं , संयोजक श्रेष्ठले भन्नुभयो, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कपिलसागर कर्माचार्यले बताउनु भयो । कार्यक्रमबाट बचेको रकम असहाय, अनाथ बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रम भरतपुर बसपार्क नजिकको सेरेना होटलमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु