डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सराकारको निर्णय, एनआरएनए अध्यक्ष शर्माद्वारा सरकारलाई धन्यवाद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार १६:३५

काठमाडौं ,सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी छन ।
सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो । हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।
राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा दूतावास खोलेर राजदूत नियुक्त गरेपछी त्यहाका नेपालीहरु खुशी भएका छन । पोर्चुगलमा हाल करिव एक लाख नेपालीहरु पुगिसकेका छन । पोर्चुगलमा दुतावास खोलेकोमा खुशी ब्यक्त एनआरएनए युरोप सह संयोजक भिमसेन थापाले सरकारलाई धन्यवाद ब्यक्त गरे । दुतावास नहुँदा यहाका नेपालीहरु धेरै समस्यामा परेको थापाले बताए । एनआरएनएले समस्यामा परेका नेपालीहरुको लागी अभियान नै चलाएको थियो । पोर्चुगलमा दुतावास खोल्न एनआरएनएले पटक पटक माग गर्दै आएको थियो । आफुहरुको माग पुरा गरेकोमा एनआरएनए अध्यक्ष आरके शर्माले नेपाल सरकारलाई धन्यवाद ब्यक्त गरे । पोर्चुगलमा दुतावास खोल्न अध्यक्ष शर्माको नेतृत्वमा प्रधानमन्त्री,पररास्ट्रमन्त्री,
श्रम मन्त्रीकोमा एनआरएनएको प्रतिनिधीमन्डल पटक पटक डेलिगेसन पनि गएको थियो । पोर्चुगलमा दुतावास स्थापना गरेर सरकारले राम्रो काम गरेको एनआरएनए युरोप संयोजक चिन्तामनि सापकोटाले बताए ।
सरकारले गत असारमा जारी गरेको बजेटमा पनि दूतावास संख्या पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । दुतावास स्थापनापछी पोर्चुगलको रोजगारी बढ्ने र यहा रहेका नेपालीहरुको समस्यामा कमी आउने एनआरएनए सह कोषाध्यक्ष तिलक गैरेले बताए । पोर्चुगलमा दुतावास स्थापनापछी यहाँ रहेका हजारौ नेपालीले सरकारलाई धन्यवाद ब्यक्त गरेका छन ।

२०८० कार्तिक २३ गतेको मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु निम्न रहेका छन :

१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।
२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।
३. नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने ।
४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।
५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।
६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।
७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने ।
८. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु