काठमाडौं ।रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रा. लि.ले रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५०cc लाई बजार प्रबन्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न मिति ०६/०६/२०८० देखि ३०/०६/२०८० सम्म Hunter Tiktok Challenge 2023 संचालन गरिएको थियो l मिति १९/०६/२०८० मा नतिजा Tiktok र facebook live मार्फत नतिजा सार्वजनिक गरेर बिजयीहरुलाई घोषित नगद हस्तान्तरण गरियो, जहाँ प्रतियोगीहरुले नियम-पुर्बक ब्यापक सहभागिता जनाएका थिए l
च्यालेनजको नियम अनुरुप ३ जना लाई विजयता घोषणा गरिएको हो l
१) प्रथम पुरस्कार बापद १ लाख नगद जित्न सफल भएका छन् पोखराका पदम लामा (@journey_continues)
२) दोस्रो पुरस्कार बापद ६० हजार नगद जित्न सफल भएका छन् पोखराकि स्मिता घिमिरे (@esmeetaghimire0611)
३) तेश्रो पुरस्कार बापद ४० हजार नगद जित्न सफल भएका छन् हेटौडाका रजक शाही (@raajak_shahi)
सम्पूर्ण विजयताहरुलाई रोयल इनफिल्डको नशाल स्थित शोरुममा सम्पूर्ण मिडियाकर्मी को उपस्थितिमा कार्तिक २३, २०८० गते कम्पनीका निर्देशक श्री मेघराज पोडेल द्वारा चेक हस्तान्तरण गर्नुभएको थियो l