भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस २०२३ को अवसर पारेर बाल परामर्श भेला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार २०:०७

काठमाडौं । राजधानीमा बिहिबार राष्ट्रिय बाल परामर्श भेला सम्पन्न भएको छ । बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस २०२३ को अवसर पारेर आयोजित यस भेला कुल ६९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागीता माझ सम्पन्न भएको हो । जसमा देशका सातै प्रदेश र १८ बर्ष मुनीका यौनिक अल्पसंख्यक, अपांङ्ता, बाल श्रम, मनोरंजन, बाल क्लब आदी बिषयगत क्षेत्रलाई प्रतिनिधित्व गर्दै बालबालिकाहरुले आफना भोगाई र अपेक्षा बारे कुरा राखेका छन् । सो अवसरमा ७ भिन्न समुहबाट बालबालिकाहरुले भोगाई र अपेक्षा बारे छलफल गर्दै प्रस्तुतिकरण गरेका थिए । उक्त प्रस्तुतीका क्रममा बालबालिकाहरुले बालसहभागीताको सुनिस्चिता पूर्ण रुपमा हुन नसकेको, अनलाईन तथा सामाजिक सँजालबाट पिडित बन्नु परेको, यौन शोषण हुने गरेको,कम उमेर भएकै कारण हेपाई व्यहोर्नु परेको, सामाजिक विभेदको शिकार, परिवारको आर्थिक अवस्था कमजोर हुँदा उत्पिडन तथा शोषण हुने गरेको जस्ता कुराहरु राखेका थिए । त्यस्तै, उनीहरुले आफना अपेक्षा बारे पनि खुलस्त पारेका छन् ।जसमा उनीहरुले बालअधिकार सम्बन्धी ऐन २०७५ का केही प्रावधान सच्याउनुपर्ने, बाल श्रम ऐनमा सुधार गरिनुपर्ने, बालबालिका माथि गरिने विभेद अन्त्य, यौन हिंसाका घटना हुन नदिन राज्य सचेत रहनुपर्ने, तीनै तहका सरकारले बालबालिकालाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्ने, गम्भिर रोगको निशुल्क उपचार, शिक्षामा गुणस्तरियता र समान अवसरको ग्यारेण्टी, विद्यालयमा मनोपरामर्श सेवा, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको परिवारलाई बिशेष ग्रायता, बनेका कानुनको कार्यान्वयन, सजायका नाममा कुटपिट-गाली गर्न अन्त्य गरियोस भन्ने जस्ता अपेक्षा रहेको सुनाए ।

उक्त बाल परामर्श भेला कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा एनटिभि न्युज -सचेतना कार्यक्रम र शैली थियटरसहित बालबालिकाको क्षेत्रमा कृयाशिल देशभरका करिब ४० गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा भएको हो । सो अवसरमा कार्यक्रमलाई सहजिकरण गर्नुहुँदै सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले भेलामा बालबालिकाबाट प्राप्त सुझावलाई प्रधानमन्त्री, सभामुख लगायतका अन्य तालुकात एवम् नीतिगत तहसम्म पुर्याउने र २० तारिख अर्थात अन्तरराष्ट्रिय बाल अधिकार दिवसका दिन र्याली तथा कोणसभा कार्यक्रम गर्ने तय गरिएको जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु