एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

सौंन्दर्यबिद सुषमाको तिहार उत्सव (फोटो फिचर)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २५ गते, शनिबार ०६:१८

काठमाडौं ।नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ ।


विगत २६ बर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकि सुषमा भन्छीन् हामी श्रमिक पनि हौं र श्रम दाता पनि हो । उनले संचालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल ,केयल टावर, सीटीसी मल, हुदै जिल्ला वाहिर पोखरा,सुर्खेत र धनगडीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ ।

एक सय जनाभन्दा बढी महिला दिदि बैनीहरु लाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहेनती सौन्दर्यविज्ञ पनि हुन् ।

उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सचिब, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका छन् ।

उनले सौन्दर्य व्यवसाय मार्फत हजारौं युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ ।
देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् ।

सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु