“नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथ “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २५ गते, शनिबार १९:३९

कार्तिक – २५, बुढानीलकण्ठ नगरपालिकाको परिसरमा प्रत्येक शनिवार लाग्ने स्थानीय/रैथाने कृषि बजारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत तरिकाले ठेकीमा तुल्याउँदै गरेको मोही सेवन गर्दै अवलोकन गर्नु भयो। वहाँको उपस्थितिले स्थानीय किसान, उपस्थित उपभोक्ता तथा मेलामा उपस्थित सबैलाई हौसला प्रदान भएको थियो । कार्यक्रममा बोल्दै सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्टल राख्नुहुने सम्पूर्ण स्थानीय/रैथाने किसान एवं व्यवसायी, उपभोक्ता, सञ्चारकर्मी तथा कार्यक्रममा सहकार्य गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिंदै हाम्रो पहिचान नै रैथाने र हाम्रो रितिरिवाज, परम्परा र संस्कृतिमा रहने कुरा बताउँदै सबैलाई आफ्नो पहिचान बचाउन आग्रह गर्नु भयो ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानमा पूर्व राष्ट्रपति उपस्थित भई प्रत्येक्ष अबलोकन गरि मोहि सेवन गरेकोमा आफूले शुरु गरेको अभियान सार्थक भएको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

मेलामा स्थानीय तहमा उत्पादन गरिएका सामग्री बिक्रीका लागि राखिएको थियो । यो मेलाले स्थानीय तहमा हिजो गाउँघरमा बसि हाल शहरमा आई बस्ने आम मानिसलाई आफ्नो गाउँघरमा हिजो आफूले खेतबारीमा उब्जाएको सागसब्वी र अन्य बस्तुको सम्झना दिलाएको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले बताए । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका र आसपास बसोबास गर्नुहुने स्थानिय बुद्धिजीवी, राजनीतिक दलका नेता, पत्रकार, आम नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु