भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

आज कात्तिक २६ गते आइतबार यस्तो छ तपाईंको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार ०६:१५

आज – २६ कार्तिक २०८० आइतवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ । । सामाजिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको कारोबारबाट लाभ पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा भने धन लाभ हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा दुबिधा पनि उत्पन्न हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्थान परिवर्तनका विशेष योग देखिन्छन् । मनोरञ्जनमा सहभागी भइएला । रोकिएको धन हात पर्नेछ, तर साँझमा पैसा खर्च हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन मध्यम खालकै रहनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ, तर दिनको उत्तरार्ध उमङ्ग र प्रसन्नताले मनमा खुसियाली छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु