आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एरिकालाई प्रयागपोखरी डोजोको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २७ गते, सोमबार ०८:१४

नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ । शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, प्रयागपोखरी डोजोका संस्थापक अध्यक्ष गोपाल महर्जन, प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनलगायतले एरिकालाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा १९ औं एसियाली खेलकुदको कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
चीनको हाङझावमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो । एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदको फरक संस्करणमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु