गैर-आवाशिय नेपाली संघ साइप्रस द्रारा नि:शुल्क तिहार विशेष फुटशल प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २८ गते, मंगलवार ०५:४०

मनिशा अर्याल, साइप्रस – साइप्रसमा कार्यरत प्रवासी नेपालीहरुबिच एकआपासमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन साथै आत्मियता, सद्भाव र भातृत्वको बिकासका लागि र खेलकुदको माध्यमबाट यहाँ भएका नेपालीहरुको आपसी भाइचारा बृद्धी गर्ने उद्धेश्यले गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले निशुल्क खेलकुद प्रतियोगीता सम्पन्न गरेको छ।

विशेष गरि NRNA साइप्रसले नि:शुल्क गरेको फुटसल कार्यक्रम खेल्न रहर भएर खेल्न नपाउनेहरुको लागि यो सुनौलो अवसर राखिएको युवा प्रतिनिधि विकास श्रेष्ठले जानकारी दिनुभएको छ
साइप्रसमा कार्यरत धेरै दाजुभाइहरु हुनुहुन्छ उहाँहरु सङ्ग आर्थिक देखि लिएर धेरै थुप्रै समस्यहरुले गर्दा आफ्नो प्रतिभाहरु देखाउन पछि पर्नुभएको फुटसल खेलाडीहरु लाई मध्यनजर गर्दै हामीले यो अवसर प्रदान गरिएको हो।साना साना कुराहरुले पनि धेरै खुसी दिन्छ भने झै यो हाम्रो सानो प्रयासले धेरै खेलाडीहरुको भबिस्य बन्ने हामी बिश्वास्त छौ।

फुटसलमा साइप्रस को विभिन्न शहरहरुबाटजम्मा ९ टिमको सहभागी थियो। जसमा :पापोस गोर्खा सिटिजन्स ,
योङ्ग बोयज लार्नाका ,राईड्रस कल्ब ,गडस ग्रेस कल्ब ए र Sure ,खुकुरी कल्ब ,ढिङ्गा चिक्का कल्ब लिमासोल र NRNA ए र बि प्रतियोगितामा भाग लिएको थियो।

यस प्रतियोगिता मा खुकुरी कल्ब NRNA FUTSAL CUP 2023 को च्याम्पियन बन्न सफल भयो भने ढिङ्गा चिक्का कल्ब लिमासोल रनर अप हुन सफल भो । यस प्रतियोगिता मा खुकुरी कल्ब का दिवस सर्वाधिक गोल कर्ता को उपाधी लिन सफल भयो भने खुकुरी कल्बकै राजिव ले वेस्ट किपर को उपाधी हासिल गर्नुभयो, प्रतियोगितामा एम्पाएर अमन काजी , कोर्ट देमिस र बिकास खत्री ज्यु ले गर्नु भएको थियो भने स्वयंसेवक रोशन भट्टराई , सन्जिव काफ्ले , सनम खनाल विकास खत्री र रविना कार्कीले गर्नु भएको थियो । कार्यक्रम को पुरस्कार वितरण कार्यक्रम Consatantinos ktoridis को प्रमुख आतिथ्य तथा ICC सदस्य कुन्दन कार्कीको आतिथ्यतामा सम्पन्न भएको थियो, भने कार्यक्रम मा प्रायोजन गर्नु हुने नेपाल मगर संघ साइप्रस , लाखे कृयसन , नेपाली जन सम्पर्क समिति साइप्रस , CSI, ASTY Hotel, cash line , कुन्दन @ रविना कार्की , राधा पोखरेल , धाता नन्द पाण्डे , किशोर थापाले गर्नुभयो।यस कार्यक्रम को संम्योजन युवा प्रतिनिधि विकास श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संन्चालन महासचिव धाता नन्द पाण्डे ले गर्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्न दिन रात खटनु हुने युवा संयोजक विकास श्रेष्ठ प्रती हार्दिक आभार साथै यस प्रतियोगिता सम्पन्न गर्न अहोरात्र प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नु हुने सम्पुर्ण पदाधिकारीहरुमा यसै संस्थाकि अध्यक्ष राधा पोखरेल थापाले हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ।साथै हामिलाइ माया गरि हाम्रो प्रतियोगितामा सामेल हुनुहुने सम्पुर्ण खेल प्रेमी दाजुभाइ दिदिबहिनीहरु,विभिन्न संघ संस्थाको प्रतिनिधिहरु,मिडियाकर्मीहरु साथै आम साइप्रसमा कार्यरत सम्पुर्ण नेपालीहरुमा हार्दिक आभार धन्यवाद

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु